नेपाली गित ‘समलिङ्गी’ बजारमा आउदै – Sahayogi Man Nepal

नेपाली गित ‘समलिङ्गी’ बजारमा आउदै

   २९ जेष्ठ २०८०, सोमबार १८:१७  

नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको समलिङ्गी नामक म्युजिक भिडियो अर्थात म्युजिकल फिल्म आउन लागेको छ । हालै उत्त टिमले एक पोस्टर सार्वजनिक गर्दै उत्त कुराको जानकारी गराएकाे हो ।

बिगतमा पनि म्युजिकल फिल्महरु नआएका होईनन तर हालसम्म  बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ । निर्माण पक्षले यसलाइ चाडैनै बजारमा लेराउने तयारी भैरहेको पनि जनाएको छ ।

शिरिशा पौडेलको शब्द भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन । दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरिरहेका छन ।

सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल फिल्ममा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छ्न् । भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन । खड्काले यसअघि चलचित्र प्रेमलिला निर्माण तथा निर्देशन गरेकी थिइन् ।

अब केही दिनमा दर्शक श्रोता सामु पस्किने छौं आशा छ यो म्युजिकल फिल्मले आम दर्शक सामु एउटा फरक टेस्ट हुनेछ, निर्देशक सापकोटाले बताए । सबैको मेहेनतले काम आशा लाग्दो बनेको छ बाकी त दर्शकको जिम्मा लगाएपछि नै थाहा होला निर्देशक दिपशिखा खाड्काले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै