५० कट्ठा जग्गामा कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म – Sahayogi Man Nepal

५० कट्ठा जग्गामा कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म

बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा ७ लाख नाफा गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर मुनाफा गरेका हुन् ।

सबै खर्च कटाएर ७ लाख नाफा कमाएको उनले बताए । मोक्तानले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार पठाउने काममा व्यस्त भइन्छ, उनले भने ।

दैनिक ८० देखि १ सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन् ।

हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी ३० र थोकमा मूल्य २५० छ । लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् ।  विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका छन् ।

उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलो खेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै