महामारी, विपदमा कयौँको ज्यान बचाएका डा. निराजन तामाङ – Sahayogi Man Nepal

महामारी, विपदमा कयौँको ज्यान बचाएका डा. निराजन तामाङ

सेवा, संघर्ष र सामाजिक उत्तरदायित्वबाट निर्माण भएको नेतृत्व “महामारी, विपद् र आन्दोलन – तीनै मोर्चामा काम गरेर प्रमाणित नेतृत्व”चिकित्सा पेशा केवल अस्पताल र क्लिनिकभित्र सीमित हुँदैनस यो संकट, समाज र मानवतासँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार पेशा हो ।

यही मूल्य र दृष्टिकोणलाई व्यवहारमा उतार्दै निरन्तर सेवामा समर्पित रहँदै आएका डा. निराजन तामाङ (टिम मंगल) अहिले नेपाल मेडिकल एसोसिएसन ९एनएमएको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।

समुदायसम्म पुगेको स्वास्थ्य सेवा अस्पतालका चार पर्खालभित्र सीमित नबस्ने सोचका साथ डा. तामाङले स्वास्थ्य सेवालाई समुदायको ढोकासम्म पुर्याउने कार्यलाई आफ्नो प्राथमिकता बनाएका छन्।

Tamang Doctors Socity Nepal (TDS Nepal) का संस्थापक तथा नेतृत्वकर्ताका रूपमा सन् 2021 देखि ग्रामीण तथा अर्ध ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क परामर्श, औषधि वितरण तथा आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि उपचार सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन् ।

यी पहलहरूले स्वास्थ्य सेवा पहुँचबाट वञ्चित समुदायलाई प्रत्यक्ष राहत मात्र होइन, चिकित्सकप्रतिको विश्वास पनि निर्माण गरेका छन् ।

महामारीको कठिन घडीमा अग्रपंक्ति सेवा COVID-19 महामारी सम्पूर्ण चिकित्सा समुदायका लागि अत्यन्त चुनौतीपूर्ण समय थियो । तर, अनिश्चितता र उच्च जोखिमका बाबजुद पनि डा. तामाङले आवश्यक सावधानी अपनाउँदै स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरे, स्वास्थ्य शिविर सञ्चालन गरे र परामर्श तथा औषधिसहित जनताको ढोकासम्म पुगे ।

व्यक्तिगत सुरक्षाभन्दा पनि पेशागत कर्तव्य, सामाजिक उत्तरदायित्व र मानवताको मूल्यलाई प्राथमिकतामा राखेर गरिएको यो सेवा उनको नेतृत्व क्षमताको स्पष्ट उदाहरण हो ।

विपद्‌मा पीडितको छेउमा मेलम्ची, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक विपद्का समयमा उनले आपतकालीन राहत कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य शिविर, प्राथमिक उपचार, औषधि वितरण, परामर्श सेवा तथा आवश्यक समन्वयमार्फत प्रभावित समुदायलाई तत्काल सहयोग पुर्याए ।

संकटको घडीमा भूगोल, पहुँच वा पहिचानभन्दा माथि उठेर पीडितको छेउमा उभिनु नै चिकित्सकको वास्तविक दायित्व हो भन्ने कुरा उनका कार्यहरूले स्पष्ट पारेका छन् ।

आर्थिक रूपमा कमजोर बिरामीप्रति संवेदनशीलता स्वास्थ्य सेवा औषधि र उपचारमा मात्र सीमित हुँदैनस धेरै बिरामीका लागि उपचारको ठूलो चुनौती आर्थिक अवस्था पनि हो भन्ने यथार्थलाई आत्मसात गर्दै उनले व्यक्तिगत पहल, सहकर्मी चिकित्सकहरूसँगको समन्वय तथा संस्थागत माध्यमबाट आकस्मिक, गम्भीर र दीर्घकालीन उपचार आवश्यक परेका बिरामीहरूका लागि उपचार खर्च जुटाउन निरन्तर सहयोग गर्दै आएका छन् ।

चिकित्सा समुदायभित्रको जिम्मेवार नेतृत्व उनको योगदान समुदायमा मात्र सीमित छैन । चिकित्सा समुदायभित्र पनि उनले सक्रिय, जिम्मेवार र एकतामूलक भूमिका निर्वाह गर्दै आएका छन् । युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सेवा मुखी सोच, पेशागत इमान्दारिता र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न प्रेरित गर्नु, अनुभव र सिकाइ साझा गर्नु तथा सहकार्य र एकताको संस्कार विकास गर्नु उनका निरन्तर प्रयास हुन् ।

कान्छा उम्मेदवार, तर कामले परिपक्व उमेरका हिसाबले हेर्दा डा। निराजन तामाङ एनएमए निर्वाचनका सबैभन्दा कान्छा उम्मेदवारमध्ये एक हुन् । तर उमेरभन्दा धेरै कामको निरन्तरता, जिम्मेवारीको गहिरो बोध र संकटका बेला देखाएको निर्णय क्षमता ले उनलाई परिपक्व, भरोसायोग्य र परिणाममुखी नेताको रूपमा स्थापित गरिसकेको छ ।

युवा ऊर्जा र व्यवहारबाट खारिएको अनुभवको संयोजन नै आजको एनएमए लाई आवश्यक नेतृत्व हो र यही गुण डा. तामाङको सबैभन्दा ठूलो शक्ति हो । किन डा. निराजन तामाङ स्पष्ट दृष्टिकोण, निरन्तर प्रतिबद्धता र परिणाममुखी सक्रियताका कारण उनले धेरै युवा चिकित्सकहरूको विश्वास जित्न सफल भएका छन् ।

एनएमए जस्तो साझा, जिम्मेवार र प्रभावशाली संस्थाका लागि यस्तै नेतृत्व आवश्यक छ—जो केवल अधिकारको कुरा गर्ने होइन, कर्तव्य, उत्तरदायित्व र सामाजिक भूमिकालाई पनि समान महत्व दिन सकोस् ।

यो निर्वाचन केवल एक व्यक्तिको जितका लागि होइन चिकित्सकको पेशागत गरिमा र सुरक्षा मजबुत बनाउन युवा चिकित्सकका वास्तविक समस्या र आवाज प्रभावकारी रूपमा उठाउन सेवा–आधारित, पारदर्शी र उत्तरदायी एनएमए निर्माण गर्न चिकित्सा समुदायको एकता, विश्वास र सहकार्य बलियो बनाउन त्यसैले, सेवा, संघर्ष र सामाजिक सक्रियताबाट प्रमाणित कयौँको ज्यान बचाएका डा. निराजन तामाङलाई नेपाल मेडिकल एसोसिएसनको निर्वाचनमा जिताउन सम्पूर्ण सहकर्मी चिकित्सकहरूलाई एकजुट भई साथ दिन आह्वान गरिन्छ ।

आउनुहोस्, अनुभव र मूल्यमा आधारित नेतृत्व चयन गरौँ। आउनुहोस्, एनएमए लाई अझ सशक्त, उत्तरदायी र सेवामुखी बनाऔँ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै