बौद्ध वडा नः६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन राप्ने साधना पुजा हुने – Sahayogi Man Nepal

बौद्ध वडा नः६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन राप्ने साधना पुजा हुने

यही साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित महाङ्काल भगवान ,गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने छ । सोसम्बन्धी जानकारी बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले दिनुभएको हो । अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रमसम्बन्धी निर्णय भएको हो ।

बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरुलाई सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी विभाजन गरेको छ । पूजा कार्यक्रममा जिम्मेवारी सहित उपस्थित हुन समेत सो बैठकले सबैलाई आमन्त्रण गरेको छ ।

निर्धारित कार्यक्रमअनुसार साउन ५ गते शनिबार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ । त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ । यस्तै, ८ र ९ गते हिन्दू धर्म ,बौद्ध धर्म र बज्रचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै