नसर्ने रोग, बढ्दो छ घटाउने कसरी
काठमाडौँ, २२ साउन ।
नसर्ने रोगबाट नेपालमा आज भन्दा १५ वर्ष अघि मा कुल मृत्यु मध्ये नसर्ने रोगबाट ५१ प्रतिशत हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो, अनि सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले त्यस यताको छ वर्षमा नसर्ने रोगबाट मृत्यु हुनेको भार थप बृद्धि भएको अनुमान गरेका छन् ।
बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि मिडिया एडभोकेसी वर्कसपमा बक्ताहरुले बढ्दो क्रममा रहेको नसर्ने रोगको भारलाई कम गर्न नीतिगत हस्तक्षेप गरेर अघि बढ्नु पर्ने बताए सो कार्यशालामा बोल्दै एलायन्सका सह अध्यक्ष शान्तालाल मुल्मीले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाउन र कार्यान्वयनका लागि दवाव दिने देखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउन रोक्ने अभियान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण कार्य गरेको बताए ।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अवस्था र आफूहरुले गरेका गतिविधिबारेमा प्रकाश पारेका थिए । यस्तै एलायन्सका संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एड्भोकेसी कार्यशाला गोष्ठीको आवश्यकता र औचित्यका बारेमा बताएका थिए । उनले अहिले पनि नेपालका स्वास्थ्य पत्रकारहरुले प्रभावकारी ढंगले स्वास्थ्यका विविध विषय उठाईरहेको भन्दै धन्यवाद दिए । कार्यशालामा त्यसपछि विषयगत रुपमा कार्यप्रस्तुति दिइएको थियो ।
त्यसको सचिवालय सचिवको भूमिकामा समेत रहेकी डा मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा एनसीडीको बढ्दो प्रभावबारे चर्चा गरेकी थिईन । नसर्ने रोगको बढ्दो प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गरेकी उनले नसर्ने रोग के हो ? कसरी यसले आफ्नो प्रभाव विस्तारै गर्दैछ । यसलाई नियन्त्रण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने बारेमा बताएकी थिईन् ।
धूमपान, मध्यपानको प्रयोग, सुगरी ड्रिङ्सको प्रयोग, शारीरिक निस्कृयता, अस्वस्थकर खाना, प्रदुशण सहितको बातावरण, नसर्ने रोगका लागि प्रमुख कारक तत्व हो यस्तो कुलतमा नलाग्न सबैसंग आग्रह गरिन ।
