पटक्कै नसुन्ने व्यक्तिलाई आवश्यक “कक्लिएर इम्प्लाण्ट” गर्नका लागि – Sahayogi Man Nepal

पटक्कै नसुन्ने व्यक्तिलाई आवश्यक “कक्लिएर इम्प्लाण्ट” गर्नका लागि

नेपाल सरकारको सहयोगमा निरन्तरता त्रि.वि. शिक्षण अस्पतालमा सम्पन्न भएको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कक्लियर ईम्प्लान्ट कार्यक्रमको वार्षिक प्रतिवेदन एक समारोहका वीच सो कार्यक्रमका सदस्य सचिव तथा नाक, कान, घांटी एवं कक्लियर इम्प्लान्ट विशेषज्ञडा. रबिन्द्रभक्त प्रधानाङ्गबाट प्रस्तुत गर्नुभयो ।

कक्लियर इम्प्लाण्ट नेपाल ग्रुपूकान पटक्कै नसुन्ने व्यक्तिलाई कक्लियर इम्प्लाण्ट अपरेशन गरी सुन्न सक्ने बनाउनमा विगत १० बर्षदेखि सकृयताका साथ लागि परेको संस्था हो । यस संस्था मार्पmत कानको सुनाई सम्बन्धि जनचेतना जगाउने काम गर्दै तथा कक्लियर ईम्प्लान्टबाट सम्भब हुने उपचारको बारे जानकारी गराउदै आएको छ ।

ूकक्लियर इम्प्लाण्टूकान पटक्कै नसुन्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने एक आधूनिक यन्त्र हो । यसको सेवा बि.स. २०६१ सालमा प्रा.डा.राकेश प्रसाद श्रीवास्तवको नेतृत्वमा भारतीय चिकित्सकको सहकार्यमा त्रि.वि. शिक्षण अस्पतालमा शुरु भएको थियो । यो सेवा नेपालमा शुरु भए पश्चात वार्षिक ४–५ जनाले मात्र सुविधा लिने गरेका थिए भने हालसालै वार्षिक ४०।४५जनाले यो सुविधा लिने गरेका छन् ।

हालसम्म यस अस्पतालवाट २८७ जनाले यो सुविधाको लाभ लिई सकेका छन् । नेपाल सरकारको तर्फबाट आ.व.२०७४।०७५मा कक्लियर इम्प्लान्ट कार्यक्रमको नाममा निश्चित वजेटको व्यवस्था भई हालसम्म पनि यो कार्यक्रमले निरन्तरता पाइरहेको छ ।
जन्मजात कान नसुन्ने (कन्जेनाइटल हियरिङ्ग लस भएका) बच्चाहरुलाईूकक्लियर इम्प्लाण्टू को प्रयोगबाट सुन्न सक्ने बनाउन सकिन्छ र बोली विकासको तालिम (स्पिच थेरापी) दिएर बोली लगायत भाषाको विकास गर्न सकिन्छ ।

कक्लियर इम्प्लाण्टू अपरेशन ३ वर्षको उमेरभन्दा अगाडि गरिएमा बोली विकास राम्रो हुन्छ । ६, ७ वर्षको उमेरसम्ममा दिमागको नयां विकास गर्ने क्षमता (न्युरल प्लाष्टिसिटी) गुमाईसक्ने हुनाले ६, ७ वर्षको उमेरपछि यो अपरेशनवाट सुन्नमा मद्घत गरेपनि बोलीको विकास राम्रो नहुन सक्छ । सामान्य सुनाई भई बोलीको पूर्ण विकास पश्चात बहिरो भएको खण्डमा पनि कक्लियर इम्प्लाण्टवाट सुन्ने क्षमता फर्काउन सकिन्छ ।

चोटपटक, ट्यूमर, भित्री कानको रोग वा उमेरको कारणवाट सुनाई शक्ति कम भई हियरिङ्ग एडको प्रयोगवाट सुनाईमा उपलब्धी हुन सकेन भने कक्लियर इम्प्लाण्टनै यसको सहि समाधान हो । कक्लियर इम्प्लाण्टबाट सुनिने इलेक्ट्रोनिक आवाज अलि फरक किसिमको हुने भएकोले अपरेशन पश्चात केहि हप्ता तालिम (स्पीच थेरापी) को आवश्यकता पर्छ ।

नेपालमा यो प्रविधिले कम स्थान पाउनाको कारणहरु मध्ये यसको लागि लाग्ने खर्च र अपरेशन पछि गर्नु पर्ने मिहिनत नै प्रमुख हुन् । यो प्रविधि उपयोग गर्न मिल्ने वा नमिल्ने भनी परिक्षण गर्न लाग्ने खर्च, इम्प्लाण्टको मूल्य, अपरेशन खर्च र अपरेशनपछि गरिनुपर्ने म्यापिङ्ग तथा थेरापीको खर्च जोड्ने हो भने एक मध्यम वर्गिय नेपालीको परिवारलाई पनि गाहे पर्छ ।

यसकारणले पनि नेपाल सरकारको योजनामा यसलाई राख्न जरुरत छ । कक्लियर इम्प्लाण्टअपरेशनपछि चाहिने बोली भाषाको तालिम (स्पीच थेरापी) लिन काठमाडौं बस्नुपर्ने विवशतालाई हटाउनको लागि संघ, प्रदेश र स्थानिय तहमा पूनस्र्थापना केन्द्रको संचालन गर्न पनि अति आवश्यक छ ।

कानको भित्री भाग कक्लिया नबनेर वा कानको भित्रीभाग (कक्लिया) बाट सुचनालाई दिमागसम्म पुर्‍यfउने नशा (कक्लिएर नर्भ) नभएरजन्मजात नसुन्ने भएकामा कक्लियर इम्प्लाण्टूपद्दति भने सम्भव हुदैन । अपरेशन पश्चात चाहिने बोली भाषाको तालिम (स्पीच थेरापी) लिन नसक्नेहरुले यो पद्दति वा सेवा नलिएको नै राम्रो हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै