नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो – Sahayogi Man Nepal

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

   February 18, 2022  

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ । ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो ।

नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६–१६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले २ विकेट लिदा फैज बट, जिशान मक्सुदले १–१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै