एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित – Sahayogi Man Nepal

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले २ गोल गर्‍यो । पहिलो हाफको ४३औं मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन ।

गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो । दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले १–१ गोल गरे ।

ओल्वानले खेलको ६९औं मिनेटमा तथा दारदौरले खेलको ८२औंं मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै