नेपाली बजारमा लोकप्रिय पेय बन्दै इनर्जी ड्रिंक – Sahayogi Man Nepal

नेपाली बजारमा लोकप्रिय पेय बन्दै इनर्जी ड्रिंक

एग्रो थाई फुड्स प्रा.लि. द्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक (Xtreme Energy Drink) नेपाली बजारमा लोकप्रिय पेय बन्दै गएको छ । आज अनेकौं नाम र ब्राण्डहरू विश्वभर लोकप्रिय बनेका इनर्जी ड्रिंकहरूको इतिहास सर्वप्रथम सन् १९६२ मा जापानबाट भएको हो । दोस्रो विश्वयुद्धपछि जापान तीव्र औद्योगिकीकरणको चरणमा रहेका बेला कलकारखानाका कामदार, ट्रकलगायतका भारी एवं हल्का सवारी साधनका चालक तथा लामो समय काम गर्ने कर्मचारीलाई चुस्त–स्फूर्त र जागृत रही क्रियाशील गराइराख्न सहयोग पुर्याउने खालको पेयको आवश्यकता महसुस गरियो । यही आवश्यकतालाई मध्यनजर गर्दै जापानी औषधि कम्पनी ताइसो फर्मास्युटिकल (Taisho Pharmaceutical) ले सन् १९६२ मा लिपोभिटान–डी (Lipovitan D) नामक पेय बजारमा ल्याएको थियो ।

जापानी कम्पनीले बजारमा ल्याएको उक्त पेयमा टाउरिन, क्याफिन र भिटामिन–बीको मिश्रण थियो । यी सामग्रीहरूको संयोजनले थकान कम गर्न र ऊर्जा बढाउन मद्धत गर्दथ्यो । र, यसैलाई विश्वकै पहिलो र आधुनिक इनर्जी ड्रिंक मानिन्छ । नेपाली बजारमा लामो समयदेखि विभिन्न खाले इनर्जी डिंक्स उपलब्ध हुँदै आएका पाइए तापनि प्रायः विदेशबाट आयातीत अथवा कतिपय चाहिँ तयारी सामग्री विदेशबाट मगाएर स्वदेशमा प्याकेजिङ र लेबलिङ मात्रै हुने गरेको पाइन्छ । तर, एक्स्ट्रिम इनर्जी ड्रिंक (Xtreme Energy Drink) भने विशुद्ध नेपाली उत्पादन हो ।

कम्पनीले स्वदेशमै गुणस्तरीय इनर्जी ड्रिंक उत्पादन गरेर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा २० हजारभन्दा बढी नागरिकलाई रोजगारी उपलब्ध गराउनुका साथसाथै राजस्वमा उल्लेख योगदान पुर्याएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक विशेषतः युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बन्न पुगेको तथ्य बजार सर्वेक्षणबाट देखिएको छ । नेपालमा जिम सेन्टर, फिटनेस क्लब, खेलकुद गतिविधि तथा स्वास्थ्यप्रति जागरूक युवा पुस्ताको संख्या बढ्दै जाँदा इनर्जी ड्रिंकप्रतिको आकर्षण र लोकप्रियता पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ । एक्स्ट्रिम जस्ता ब्रान्डहरूको उपभोगले आफूमा ऊर्जा, उत्साह, एकाग्रता र कार्यक्षमता बढेको भनी धेरै उपभोक्ताबाट प्रतिक्रिया जनाएको पाउन सकिन्छ ।

कम्पनीले अपनाएको बजार प्रवद्र्धनको नयाँ शैली, देशभरका सवै सहरहरूदेखि ग्रामीण बजारसम्ममा सहज उपलब्धता, आकर्षक प्याकेजिङ, प्रभावकारी विज्ञापन रणनीति, सामाजिक सञ्जालहरूको भरपूर सदुपयोग र प्रभावकारी बजार रणनीतिका कारण एक्स्ट्रिमले उपभोक्ताको विश्वास जितेको छ । गुणस्तरको सुनिश्चितता र विश्वस्तरीय मापदण्ड अनुरूपको उत्पादन भएकै कारण एक्स्ट्रिमले उपभोक्ताबीच आफ्नो स्थान अग्रस्थानमा पुर्याएको हो ।

नेपाली बजारमा स्वदेशी ब्रान्डप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । विशेषगरी दिउँसोको थकान, शारीरिक श्रमपछिको कमजोरी वा निरन्तर काम गर्नुपर्ने अवस्थामा छिटो उर्जा प्रदान गर्न यसले मद्धत गरेको छ । यसमा हुने बी–भिटामिनहरू ऊर्जा उत्पादन प्रक्रियामा महत्वपूर्ण छन् । बिरामी, बालबालिका तथा गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना यस्ता पेय पदार्थ सेवन गर्नु उपयुक्त मानिँदैन । स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आर्थिक योगदान र गुणस्तरीय उत्पादनको संयोजनका कारण एक्स्ट्रिम इनर्जी ड्रिन्क आज धेरै नेपालीका लागि केवल पेय पदार्थ मात्र नभई नयाँ आशाको प्रतीक बनेको छ । बिरामी, बालबालिका तथा गर्भवती महिलाहरूले भने इनर्जी ड्रिंक सेवन गर्नु हुँदैन भनी कम्पनी स्वयंले सचेत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै