प्रतिनिधिसभाको बैठक फेरी शुक्रवार बस्ने – Sahayogi Man Nepal

प्रतिनिधिसभाको बैठक फेरी शुक्रवार बस्ने

   February 24, 2022  

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो । प्रतिनिधिसभाको बिहीवारको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो ।

बिहीवार दिउँसो १ बजेको लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार शुक्रवार लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै