नेकपा एमालेको नुवाकोटको ८औं जिल्ला अधिवेसन स्थल हावाहुरीले तहसनहस: गएनन् ओली – Sahayogi Man Nepal

नेकपा एमालेको नुवाकोटको ८औं जिल्ला अधिवेसन स्थल हावाहुरीले तहसनहस: गएनन् ओली

नेकपा एमाले नुवाकोट दक्षिणपन्थी अवसरबाट र संगटनात्मक परास्त गरौ जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ भन्ने नाराको साथ ८औँ जिल्ला अधिवेसन भव्यताको साथ सम्पन गर्न अघिल्लो दिन देखी भव्यरुपमा तयार गरीएको कार्यक्रम स्थल एकै छिनमा हावाहुरीले तहसनहस बनाई दियो । यसका बाबजुत पनि जिल्ला अधिवेसन सम्पन भयो ।

केपी शर्मा आलीको भव्य स्वागतको लागि कार्यक्रमलाई दुई दिन देखी तामझाम र मेहेनेतका साथ स्टेज स्वागत गेट बनाएको थियो । कार्यक्रम १ बजे देखि सुरु हुने भनियता पनि करिब ११ बजे ठुलो हावाहुरी आएर कार्यक्रम स्थल तहसनहस बनाई दियो । यो सुचना पाए पछि केपी शर्मा आलीले कार्यक्रममा उपस्थिती जनाउन नसकिने बताए पछि पाटिको अर्को नेता ईस्वर पोखरेललाई पठाएका थिए ।

अनुकुल परिस्थिती भएता पनि यस अघि पाटी अध्यक्ष नुवाकोटको बटारमा जादा स्थान अभाव भएको थियो । आलीलाई नजीकबाट हेर्न,भेट्न हजारौ सर्मथक आएका थिए । यसलाई मध्यनजर गरेर जनताको सहज उपस्थितीको लागि ढिकुरे बजारको खोला किनारमा प्रयाप्त स्थान भएको कार्यक्रम स्थान खोलाको किनारमा आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै