पत्रकारिता शिक्षा रचनात्मक भए मात्रै पत्रकारिता रचनात्मक हुन्छः नेपाली पत्रकारितामा रचनात्मकता हरायो
विश्व विद्यालय शिक्षा रचनात्मक भए मात्रै नेपाली पत्रकारिता रचनात्मक हुने आमसञ्चार विज्ञहरुले बताएका छन्। अप्टिमिस्ट इन्टरनेशनल नेपाल र त्रिभूवन बिश्वबिद्यालय पत्रकारिता तथा आम संचार विभागले संयूक्त रुपमा शनिवार काठमाडौंमा आयोजना गरेको रचनात्मक पत्रकारीताः राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरु (Constructive Journalism: National and International Practices) विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश प्राध्यापक तथा आमसञ्चार विज्ञहरुले यस्तो बताएका हुन ।
उनीहरुले नेपाली पत्रकारितामा पछिल्लो समय रचनात्मक पत्रकारिता हराउँदै गएको भन्दै विश्वविद्यालयमा पत्रकारिता शिक्षालाई रचनात्मक बनाउनु पर्नेमा जोड दिएका छन् । विज्ञहरुले पछिल्लो समय नेपाली पत्रकारीता मूल्य र मान्यता भन्दा बाहिर गएको भन्दै पत्रकारितालाई परिमार्जन गर्ने समय क्षेत्रले परिवर्तन खोजिरहेको बताए ।
उनले नेपाली पत्रकारितामा रचनात्मकता हराउँदै मिडियामा लगानीकर्ताहरुको प्रभाव हावी भएको बताए । पूर्वअध्यक्ष दाहालले १९९० को दशकपछि विकास पत्रकारिताको कुरा सुरुवात हुँदै क्रमशः बिट पत्रकारिताको विकास भएको बताए । उनले बिटगत पत्रकारितामा विकास पत्रकारिता,वातावरण पत्रकारिता, ग्रामिण पत्रकारिता ,शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै अहिलेको अवस्थामा आएको नेपाली पत्रकारितामा परिवर्तन आवश्यक रहेको बताए । उनले पत्रकारिता क्षेत्रले देशको परिस्थिति, आवश्यकताका आधारमा रचनात्मक पत्रकारिताको अभाव रहेको धारणा राखे ।
पूर्वअध्यक्ष दाहालले नेपालमा अहिलेको वर्तमान परिस्थितिमा कस्तो पत्रकारिता आवश्यक भएको एकिन गर्न जरुरी देखिएको उल्लेख गरे । पत्रकार दाहालले पछिल्लो समय पत्रकारहरुको दृष्टिकोण हराउँदै गएको भन्दै पत्रकारले विकास गर्न आवश्यक रहेको बताए । उनले विश्व विद्यालयमा दिने शिक्षालाई रचनात्मक बनाउँदै लैजान जरुरी देखिएको धारणा राखे । सामुदायिक रेडियो प्रसारक संघका संस्थापक अध्यक्ष डा.रघु मैनालीले पनि पछिल्लो समय नेपाली पत्रकारितामा हराउँदै गएको रचनात्मक पत्रकारिता प्रति चिन्ता व्यक्त गरे ।
उनले पत्रकारिताले समाजमा आशा र स्नेह जगाउनु पर्ने भए पनि पछिल्लो समय निरासा जगाउने काम भइरहेको उल्ल्लेख गरे । डा.मैनालीले अहिले नेपालमा केही राम्रो हुँदैन भन्ने भाष्य बनेको भन्दै पत्रकारिताको माध्यमबाट मुलुकमै केही गर्न सकिन्छ भन्ने धारणा बनाउन सक्नु पर्ने धारणा राखे । उनले पत्रकारले समाजमा निरासा र उदासिनताबाट शून्यतामा पु¥याउने भन्दा पनि समाचार र लेखको माध्यमबाट देश र समाजलाई प्रगतिशिल र क्रियाशिल बनाउन सक्नु पर्ने बताए । उनले पत्रकारितालाई रचनात्मक बनाउँदै पत्रकारले समाजमा आशा र स्नेह जाउने बनाउनु अहिलेको आवश्यकता भएको बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिभूवन बिश्वबिद्यालय पत्रकारिता तथा आम संचार विभागका प्रमुख प्राध्यापक डा.कुन्दन अर्यालले रचनात्मक पत्रकारिताले भोलीको भविष्य केन्द्रित बनाउन जरुरी रहेको बताए । उनले हवाई दुर्घटनाका समाचार अपडेट गराउने भन्दा पनि आगामी दिनमा हवाई दुर्घटना न्युनिकरणका उपायहरु दिनसक्ने रचनात्मक पत्रकारिताको आवश्यकता खड्कीएको बताए । उनले विश्व विद्यालयले विद्यार्थीलाई दिने शिक्षामा पत्रकारिता र पत्रकारितामा शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
उनले पत्रकारिता शिक्षा अध्ययन पश्चात विद्यार्थीहरुले पत्रकारिता गर्न सक्ने,विकास पत्रकारितामा विज्ञता र जनसम्पर्कमा काम गर्न सक्ने हुन जरुरी रहेको बताए । उनले रचनात्मक पत्रकारिताको लागि विश्व विद्यालयले दिने शिक्षामा पनि रचनात्मकता आवश्यक रहेको धारणा राखे । प्रमुख अर्यालले पत्रकारिता शिक्षालाई समाचार कक्ष र कक्षा कोठासँग जोड्न सके मात्रै रचनात्मक पत्रकारिता हुन सक्ने बताए । उनले विभागले पत्रकारिता शिक्षालाई समाचार कक्ष र कक्षा कोठासँग जोड्ने प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै अप्टिमिस्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक गभर्नर प्रकाश घिमिरेले नेपालमा रचनात्मक पत्रकारिता हराउँदै गएकाले अप्टिमिस्ट इन्टरनेशनल नेपालले सुधारको लागि काम गरिरहेको बताए । उनले अहिलेको पत्रकारितालाई सुधार गरी समाजमा आशाको संचार गर्दै लैजाने अभियानमा आफूहरु रहेको बताए । उनले रचनात्मक पत्रकारिता हराउँदै जाँदा मुलधारको मिडिया भन्दा सोसल मिडिया प्रभावकारी हुदाँ समाजलाई नकारात्मक बाटोमा लैजाने चिन्ता लागेको बताए ।
उनले पत्रकारिता सुधारको लागि अप्टिमिस्ट इन्टरनेशनल नेपाल आगामी दिनमा पनि विभाग र समग्र पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रमा बोल्दै पत्रकार शिव गाउँलेले समयले सिर्जना गरेका प्रश्नलाई समाजको सार्वजनिक रेकर्डमा राख्न सक्ने रचनात्मक पत्रकारिता आवश्यक रहेको बताए । उनले विश्व विद्यालय पत्रकारिता शिक्षालाई रचनात्मक बनाउन सके मात्रै समयले सिर्जना गरेका प्रश्नलाई समाजको सार्वजनिक रेकर्डमा राख्न सक्ने दाबी गरे ।
पत्रकार गाउँलले पत्रकारिता शिक्षा समाचार कक्ष र कक्षा कोठासँग जोड्नु अपरिहार्य भएको बताए । त्यस्तै पत्रकार विष्णु निष्ठूरीले पत्रकारिता धरातलीय यथार्थबाट प्रभावित हुने बताउँदै, पार्टी पत्रकारिताका कारण विभाजित र दिग्भ्रमित पत्रकारिता भईरहेको, आग्रहबाट माथि उठेर काम गर्न नसकेको उनको तर्क छ । उनले रचनात्मक पत्रकारिता भन्दा पनि लगानीकर्ता र मार्केटिङको कब्जामा रहेको बताए । उनले राजनीतिक विचारधारमा पत्रकार आवद्धताले रचनात्मक र सिर्जनशिल पत्रकारिताको अभाव हँदै
गएको बताए ।
उनले अहिलेको पत्रकारितालाई परिमार्जन गर्न नसके रचनात्मक पत्रकारिता मर्दै जाने अवस्था रहेको बताए । उनले विश्व विद्यालयले दिनेपत्रकार बनाउन सक्नु पर्ने बताए । उनले अब नेपालको पत्रकारितामा सुधार ल्याउने अवसर आएको भन्दै सबै मिलेर सुधार गर्न जरुरी रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पत्रकारिता देश,समाज र जनताको लागि गर्नु आवश्यक रहेको बताए । उनले नेपालमा पछिल्ल्लो समय देश,समाज र जनताको लागि भन्दा
पनि लोकप्रियता,पैसा र भ्युजको लागि पत्रकारिता हुने गरेको धारणा राखे ।
उनले मिडियाले दिने कन्टेन देश र जनताको लागि आशा जगाउने र प्रभाव पार्न सक्ने हुनु पर्ने बताए । अध्यक्ष हुमागाईले पत्रकारिता ज्ञान दिने भन्दा पनि भाइरल समाचार दिने काम भइरहेको बताए । उनले समाचार माध्यमको समाचार कक्षलाई पत्रकारिता शिक्षासँग जोड्न नसक्दा रचनात्मक पत्रकारिताको अभाव खड्केको भन्दै समाचार कक्ष र पत्रकारिता शिक्षा कक्षा कोठासँग जोड्न जरुरी रहेको बताए । त्यस्तै,अन्तरक्रिया कार्यक्रममा बोल्दै गोरखापत्रका महाप्रबन्ध लाल वहादुर गैरेले नेपाली मिडियाले रचनात्मक र आशा जगाउने भन्दा पनि निराशाजन्य समाचारहरु दिइरहेको बताए ।
उनले मिडियाहरुले दिएका कन्टेनबाट आम नागरिकमा निरासा छाउने मात्रै कन्टेन दिइएको भन्दै अब परिमार्जन गर्न सक्नु पर्ने बताए । उनले मिडियाले समाचार कक्षलाई रचनात्मक पत्रकारिता बनाउँदै समाचार कक्षलाई परिमार्जन गर्न जरुरी रहेको बताए । गैरेले ठूलो मिडियाहरुले दिएका सामाचारको नागरिकहरुले विश्वास नगर्ने तर युुटुव तथा सामाजिक सञ्जाल मार्फत आएका समाचारलाई विश्वास गर्ने वातावरण सिर्जना भएको बताए । उनले रचनात्मक पत्रकारिता गर्नको लागि मिडिया कन्टेनहरु स्तरिय बनाउन जरुरी रहेको धारणा राखे ।
त्यस्तै, प्राध्यापक डा.जगतले नेपालको १२५ वर्ष पुरानो पत्रकारिताको कार्यशैलीलाई अब परिमार्जन गर्नु जरुरी रहेको बताए । उनले रचनात्मक पत्रकारिताको लागि सञ्चारमाध्यमहरुमा पत्रकारिताको ज्ञानको अभाव खड्केको बताए । उनले विगतका रचनात्मक पत्रकारिताको अभिलेख कतै नभएकाले पनि रचनात्मक पत्रकारिता हराउँदै गएको बताए ।
उनले रचनात्मक पत्रकारिताका लागि सम्पादकहरु एकता नहुँदा १२ भाई भन्दा हलचल हुनु पर्ने अवस्था सिर्जना भएको बताए । पत्रकार लेखानाथ पाण्डेले नेपाली सञ्चार माध्यममा रचनात्मक पत्रकारिताको कन्टेनका लागि लगानी शून्य भएको बताए ।
उनले लगानी शून्य भएकाले पनि रचनात्मक पत्रकारिता हराउँदै गएको बताए । उनले रचनात्मक पत्रकारिता हराउँदै गएको विषयमा सबैले आत्मसमिक्षा गर्न जरुरी रहेको बताए । कार्यक्रममा आमसञ्चार क्षेत्रका विज्ञ,शिक्षक,प्राध्यापक तथा एमफिल र मास्टर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु र अप्टिमिस्ट इन्टरनेशनलका सदस्य तथा पदाधिकारीको सहभागिता रहेको थियो । अप्टिमिष्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक षिश्वर थपलियाले नेपालमा पनि नैराश्यता बढ्दै गएपछि रचनात्मक पत्रकारिता आवश्यक देखेर अभियान सञ्चालन गरिएको बताए ।
सन् २०१७ मा पहिलोपटक अप्टिमिस्टिक क्लब नेपालमा स्थापना भएकोमा हाल ६२ वटा क्लब बनेको र नेपालले एशियाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताए । त्यस्तै अप्टिमिष्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक सचिव प्रताप थापाले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम, डा. घमराज लुईटेलले सहजीकरण गर्नु भएको थियो भने सुजाता बस्नेत, नवराज सिलवाल,बाबुराम विश्वकर्मा, डा. श्रीराम पौडेल, रामजी दाहाल झविन्द्र भुसाल र डा.महेन्द्र विष्ट लगायतले रचनात्मक पत्रकारिताका विषयमा गरिएको यो प्रयासको सर्हाना गर्नु भयो ।
