श्रीलंकामा भिषण बाढी, ६ सय भन्दा बढी परिवार प्रभावित – Sahayogi Man Nepal

श्रीलंकामा भिषण बाढी, ६ सय भन्दा बढी परिवार प्रभावित

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ । सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ । राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ ।

यस प्रकोपमा परेर ६ सय भन्दा बढी परिवारका २ हजार २ सय ९० जना विस्थापित हुन पुगेकाे  बताइएको छ । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् ।

सो जिल्लाका ८२ भन्दा बढी घर भत्कीएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ । सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै