रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला
युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।
व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, युक्रेनी सेनाका २ हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो । भण्डारणका दुई कर्मचारी घाइते भएका छन् ।
बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिएको थियो तर अधिकारीहरूले विस्फोटको कुनै स्पष्टीकरण दिएनन् ।
