युक्रेनको एलभिभमा सहरमा रुसीको आक्रमणमा परी ९ जनाको मृत्यु ५७ जना घाइते – Sahayogi Man Nepal

युक्रेनको एलभिभमा सहरमा रुसीको आक्रमणमा परी ९ जनाको मृत्यु ५७ जना घाइते

युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका ९ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेख्नु भएको छ, ‘दुर्भाग्यवस हाम्रा ९ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।’ रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौ‌ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै