फेरी बढ्न थाल्यो चीनमा कोरोना संक्रमितको संख्या – Sahayogi Man Nepal

फेरी बढ्न थाल्यो चीनमा कोरोना संक्रमितको संख्या

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० सय भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० सय भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।

सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८ सय ७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० सय भन्दा बढी संक्रमित पाइएका बताइएको छ । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् ।

यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब ५ हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै