दक्षिण कोरियामा एकै दिन ४४ हजार ६ सय ८९ जना नयाँ सङ्क्रमित – Sahayogi Man Nepal

दक्षिण कोरियामा एकै दिन ४४ हजार ६ सय ८९ जना नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार ६ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या १ करोड ९८ लाख २० हजार ७ सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ ।

अघिल्लो दिन ७३ हजार ५ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरूमध्ये, ४३६ जना आयातीत रहेको जनाइएको छ ।

यद्यपि ४४ हजार ७ सय ५६ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ । यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै