मलेसियामा १ दिनमा २ हजार ७ सय २० जनामा सङ्क्रमित
आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा २ हजार ७ सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार ६ सय ५१ पुगेको छ भने ३५ हजार ९ सय १४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले ४ हजार १२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४ सय ८५ पुगेको छ ।
त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए । जसमा ५४ जनालाई सघन उपचार केन्द्रमा राखिएका छन् । ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ । देशमा आइतबार १२ हजार ५ सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन् ।
