दक्षिण कोरियामा दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित – Sahayogi Man Nepal

दक्षिण कोरियामा दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै ५ लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो १ दिनमा ४ लाख ९० हजार ८ सय ८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या १ करोड ४ लाख २७ हजार २ सय ४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि ३ लाख ५३ हजार ९ सय ६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये १ लाख १ हजार १ सय ३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएका मध्ये १ हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो १ दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४ सय ३२ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै