राष्ट्रपतिद्वारा अन्तराष्ट्रिय नारी दिवसकाे शुभकामना
मंगलवार विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ । यस वर्ष समानताको पुस्तास् अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो
। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो ।
१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो । ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो ।
हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन् । महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ । पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो ।
त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए । महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गरेका छन् ।
