नेता कृष्णराज वर्माको निधनप्रती राष्ट्रपतिद्वारा हार्दिक श्रद्धाञ्जली
राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरीनन् । साथै उनीले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरीनन् ।
‘वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उनको योगदान चिरस्मरणीय रहनेछ’, राष्ट्रपतिले ट्वीट गर्दै भनिन् । वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।
