प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले दिएका छन् ।
‘हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं ।’ टेलिफोन वार्ताबारे ट्विटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा अघि बढ्न नेपालले गरेको निर्णयले विद्युतीय प्रसारणलाइन र सडक परियोजनासँगै रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नेपाली नागरिकको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताएका थिए ।
