अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै – Sahayogi Man Nepal

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

   February 21, 2022  

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज सोमवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विश्वमा १५ दिनमा २ वटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । नेपालमा भने वि.सं. २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै सोमवार नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार तीनवटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा ४ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालमा १ हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै