मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना – Sahayogi Man Nepal

मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

   February 20, 2022  

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका १–२ दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ

उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने र देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आईतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आईतवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.८ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २६.३ डिग्री सेल्सियस रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै