सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी
शुक्रबार बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताहरुको बैठक निष्क्रषमा नटुङ्गिएकाले पुनः छलफल गर्न आईतवार बिहान १० बजे बस्ने गरीे टुङ्गिएको थियो । एमसिसी सम्झौता संसदमा टेबल गर्नेबारेमा सत्ता साझेदार दलहरु सकारात्मक देखिएकाले आईतवारको बैठकले साझा अवधारणा ल्याउने विश्वास गरिएको छ ।
अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । सत्ता साझेदार दलहरुमा सहमति हुन सके आईतवार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न सकिने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।
