बालाजुमा बसको ठक्करबाट २ को मृत्यु – Sahayogi Man Nepal

बालाजुमा बसको ठक्करबाट २ को मृत्यु

   February 17, 2022  

काठमाडौंंको बालाजुमा बसको ठक्करबाट २ पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि बिहीबार बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै