एमसिसी विपक्षकाे उपत्यकामा मोटरसाइकल र्‍याली – Sahayogi Man Nepal

एमसिसी विपक्षकाे उपत्यकामा मोटरसाइकल र्‍याली

   February 16, 2022  

अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा बुधबार प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधबार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघरमण्डला लगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्‍यालीले एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले बुधबार संसद् एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण बुधबार राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै