प्रधानमन्त्री देउवाले पूर्वसभापति घलेकी आमाको निधनप्रति दुःख व्यक्त गरे – Sahayogi Man Nepal

प्रधानमन्त्री देउवाले पूर्वसभापति घलेकी आमाको निधनप्रति दुःख व्यक्त गरे

   February 13, 2022  

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्वसभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले सो घलेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आईतबार सभापति देउवाका तर्फबाट शोक वक्तव्य जारी गरी जीतमायाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनमा सो घलेले सक्रिय भूमिका निर्वाह गरेको बताउदैं उनको निधनले पार्टीले १ अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै