हल्का वर्षाको सम्भावना – Sahayogi Man Nepal

हल्का वर्षाको सम्भावना

   February 10, 2022  

मौसमी प्रणालीको प्रभावले हाल देशको पश्चिमी वायुमा सामान्य प्रभाव रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १र२ स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ६.२ र अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस रहेको छ । रातिको समयमा पनि प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै