प्रधानमन्त्रीले कोेइरालाको सातौं स्मृति दिवसमा श्रद्धा सुमन अर्पण गरे
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौं स्मृति दिवसका अवसरमा उनिप्रती श्रद्धा सुमन अर्पण गरेका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै उनले पार्टीमा पुर्याएका अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेका नेतृत्वदायी भूमिका सबैका लागि सधैं प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।
