राप्रपाका अध्यक्ष थापाद्वारा पार्टी परित्याग – Sahayogi Man Nepal

राप्रपाका अध्यक्ष थापाद्वारा पार्टी परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु ।

पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ, उनले पत्रकार सम्मेलनमा भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै