स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग – Sahayogi Man Nepal

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार यहाँ आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए, उनले भने– ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै