प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मका लागि स्थगित – Sahayogi Man Nepal

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मका लागि स्थगित

आज शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मका लागि सूचना टाँस गरी स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो तर कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

सदन सुचारु रूपमा सञ्चालन गर्न दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ ।

संसदीय छानबिन समितिको माग गर्दै कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै