आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा – Sahayogi Man Nepal

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

   December 31, 2023  

गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज पुस १५ गते आइतबार मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् ।

कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ। तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै