नेप्से परिसूचक ३८.३७ अङ्कले घट्यो – Sahayogi Man Nepal

नेप्से परिसूचक ३८.३७ अङ्कले घट्यो

साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आईतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अङ्कले घटेर २ हजार ५१.४७ बिन्दुमा कायम भएको छ ।

विभिन्न २ सय ६५ कम्पनीका ८० लाख ७ हजार ३ सय ६१ कित्ता शेयर ६१ हजार ९ सय १७ पटक खरिदबिक्री हुँदा रू २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २ सय ३४ मूल्यमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २ सय ३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक २ सय २२.६० अङ्कले घटेको छ । बैंकिङ समूह २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल तथा पर्यटन २ सय १.३८ र जलविद्युत् समूह ४४.४९ अङ्कले घटेको छ ।

त्यस्तै, लगानी समूह ०.८७, उत्पादन तथा प्रशोधन ८४.०१, लघुवित्त ६१.८२, म्युचुअल फन्ड ०.१५ व्यापार ६८.२७ र अन्य समूह १७.०७ अङ्कले घटेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आईतबार सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार ३ सय ३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आईतबार सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ४ लाख ४९ हजार ७ सय ६१ कित्ता शेयर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै