नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो – Sahayogi Man Nepal

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अङ्कले घटेर २ हजार ७७.५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार मंगलबार विभिन्न २ सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८ सय ३७ पटक खरिदबिक्री हुँदा रू १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ९ सय बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ०.०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ सय ७४.६४ र जीवन बीमा समूहको उपसूचक २ सय २२.५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल तथा पर्यटन १ सय २३, जलविद्युत् २९.९६, लगानी ०.७१ र उत्पादन तथा प्रशोधन समूह ७६ .७७ अङ्कले घटेको छ । त्यस्तै, लघुवित्त ५४.०९, व्यापार ४४.८३ र अन्य समूह १५.१९ अङ्कले घटेको छ ।

आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रू ८ करोड ७४ लाख ३ हजार ८ सय ८५ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको ४ लाख चार हजार ९ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै