सामाजिक विकास समाजले संरक्षन गरेको जग्गामा सहमित विपरित महानगरले चलायाे डोजर
काठमाडौ महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष कुश ढकालले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफरिस गरेका बिषय हो । सार्बजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडा अध्यक्षले नै सरकारी जग्गा गुठीमा लगेर हिनिमिना गर्नु गम्भीर आपतिजनक कुरा हो । 
निज वडा अध्यक्ष ढकालले साबिक बानेश्वर महादेस्थान वार्ड नं ५ कित्ता नं १४३ को जग्गामध्ये कै स्थानिय समुदायको हितमा प्रयोग हुँदै आएको साबिक धोबिखोला जनिएको सरकारी जग्गालाई नै काठमाडौं महानगरपालिका वार्ड नं २९ का वडा अध्यक्ष कुशल ढकालले नक्कली गुठिया र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै २ अर्ब मुल्य पर्ने धोबीखोलाको १२ रोपनीभन्दा बढि सरकारी जग्गा बिक्रि गरी खाने योजनाको साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचना गुठि शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि मिति २०७७–११–९ मा सिफरिस गरेर निज वडा अध्यक्ष कुशल ढकालले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी भ्रष्टचार जन्य कार्य गरेको भनि स–प्रमाण बिभिन्न मिडियाहरुमा समेत आएको हुँदा सो सम्बन्धमा यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
धोबिखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टचार भएको निज वडा अध्यक्ष ढकनललाई तत्काल निलम्बन गरेर छानबिन गर्न अख्तियारसमक्ष सामाजिक बिकास समाज जोडदार माग गर्दछ । अनामनगर क्षेत्रमा रहेको सरकारी जग्गामध्ये किता नं ८ को ९ रोपनी जग्गामा महानगर समेतको लगानीमा हरियाली पार्क र खेलमैदान रहेकोले कित्ता नं ९ को क्षेत्रफल १ रोपनी ६ आना वा अक्सिडेण्टल पब्लिक स्कुलले जबर्जस्ति कब्जा गरि राखेको कित्ता नं १० को १ रोपनी ९ आना जग्गामा वडा भवन बनाउन प्राबिधिक रुपमा पनि उपयुक्त हुने भनि आम स्थानीय सहभागितामा यस समाजले मिति २०६८ सालमै निर्णय गरी सम्बन्धित निकायहरु महानगरपालिका र वडा कार्यालयमा पटक–पटक समन्वय र आग्रह गर्दै आएको हो । 
स्थानीय निर्बाचन पश्चात पनि २९ नम्बर वडा अध्यक्षले भुमाफियासँगको मिलोमतोमा कुनै प्राबिधिक अध्ययन नै नगरी स्थानीयको सहमतिबिना जबर्जस्ति ८ नं कित्ता मै वडा भवन बनाउन प्रयास गरेपश्चात विवाद भै सो विवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसमक्ष पुगेको थियो, बालेन्द्र शाहसंग वडाको प्रतिनिधि र स्थानीयको तर्फबाट यस समाजको प्रतिनिधिबीच प्रमुख कै कार्यकक्षमा छलफल हुँदा कित्ता नं ८,९ र १० को ३ वटै फिल्ड हेर्ने र प्राबिधिक निरीक्षण गरी प्रमुखले निर्णय लिने सो निर्णय २९ वडाका जनप्रतिनिधि र समाज दुवै पक्षले स्वीकार गर्ने भद्र सहमति भएको थियो । 
मिति २०८० जेठ २९ गते स्थानीयलाई कुनै थाहा जानकारी नदिई प्रमुख (मेयर) सँग भएका भद्र सहमतिलाई समेत वडा अध्यक्षले लत्याई कुशल ढकालको निर्देशनमा सदस्यदय शन्तोष ढुुंगेल र अनिल श्रेष्ठको नेतृत्वमा छापामार शैलीमा आई जबर्जस्ति डोजर लगाई ८ नं कित्तामा महानगरकै लगानीमा भैरहेको हरियाली बोटबिरुवा मासी खेल मैदान पर्खाल र गेट समेत भत्काई सार्बजनिक सम्पतिको हानि नोक्सानी पुर्यfएको घटनाले हामीलाई स्तब्ध बनाएको छ । 
यस्तो विध्वंशकारी कार्यप्रति आम स्थानीयबासी र यस सामाजिक विकास समाज घोर भत्र्सना गर्दछ, साथै घटनाको बारेमा तत्काल छानबिन गरी संग्लगनलाई हदै सम्को कानुनि कारबाही गरी सरकारी सम्पतिको हानि नोक्सानी गरेउपर निज वडा अध्यक्ष ढकालर र सदस्यदय ढुंगेल र श्रेष्ठसमेतबाट उचित क्षेतिपूति भराउत सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।
