नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
उडानका क्रममा रहेका पाइलटलाई निलम्बन गरेपछि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
सन् २०२३ को अप्रिल ११ मा काठमाडौं–हङकङ–काठमाडौं उडानका क्रममा रहेका पाइलट आरके शेरचनलाई निलम्बन गर्दा उडान सुरक्षामा असर पुगेको भन्दै स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणले तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निगम अध्यक्षलाई आइतबार पत्राचार गरेको हो ।
