भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा – Sahayogi Man Nepal

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

भारतीय जनता पार्टी ९भाजपा० का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे ।

चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै