युरोपेली संघले नेपाललाई दियो १५ लाख मात्रा कोरोनाविरूद्धको खोप – Sahayogi Man Nepal

युरोपेली संघले नेपाललाई दियो १५ लाख मात्रा कोरोनाविरूद्धको खोप

युरोपेली सङ्घले कोरोना भाइरसविरूद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे ।

संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट ४ लाख ३ सय २० मात्रा, चेक रेपब्लिकबाट ३ लाख ६२ हजार ८ सय ८० मात्रा, फ्रान्सबाट १ लाख ९५ हजार ८ सय ४० मात्रा, ग्रिसबाट ३ लाख ४८ हजार ४ सय ८० मात्रा र इटालीबाट १ लाख ९५ हजार ८ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हिस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताए । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै