नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्यो सुरेन्द्र चौधरीलाई
नागरिक उन्मुक्ति पार्टीले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ ।
प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्रलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको बताए । पार्टीबाट सुरेन्द्र सङ्घीय चुनावमा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्रले फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको बताएका थिए ।
