प्रधानमन्त्री पुष्पकमल दाहाल को आग्रह: एसईईलाई व्यवस्थित र भयरहित बनाउन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सामाजिक सञ्जालमार्फत (एसईई) लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका छन् ।
देशभरका करिब ५ लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन् ।
यसपालि जापानबाट १४ नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । त्यसका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ ।
