नेप्सेमा २६.८० अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक २६.८० अङ्कले घटेर १ हजार ९ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आइतबार २ सय ६० कम्पनीको ४७ लाख ७२ हजार १ सय ४० कित्ता शेयर ३६ हजार २ सय ८० पटक खरिद बिक्री हुँदा रू १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय बराबरको कारोबार भएको छ ।
आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ३८.२० र निर्जीवन बीमा समूहको उपसूचक १ सय १९.१२ अङ्कले घटेको छ । बैंकिङ समूह २२.५३, विकास बैंक समूह ५२.१३, वित्त समूह २८।७८ र होटल तथा पर्यटन समूह ३१.३३ अङ्कले घटेको छ । त्यसैगरी जलविद्युत् समूह ३८.०७, लगानी समूह १.५, उत्पादन तथा प्रशोधन समूह १७.८६, लघुवित्त समूह ३०.६५, म्युचुअल फन्ड ०.६, व्यापार समूह २४.८७ र अन्य समूह ८.८१ अङ्कले घटेको छ ।
आइतबार २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य ९.९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को शेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ । आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ बराबरको १ लाख ८१ हजार २ सय ३४ कित्ता शेयर कारोबार भएको छ ।
