मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल – Sahayogi Man Nepal

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल  (नेपाली कांग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।

उनले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

उनले भने– ‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै