दोहोरो अङ्कले घट्यो नेप्से – Sahayogi Man Nepal

दोहोरो अङ्कले घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.४७ अङ्कले घटेर १ हजार ९ सय ६९.० २ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले घटेर ३ सय ७३.५६ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ९४ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । विभिन्न कम्पनीका कूल ३६ लाख ५७ हजार १ सय ५४ कित्ता शेयर रू १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९ सय ६४ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार ४ सय ४७ बराबर छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रू ८ करोड १२ लाख ८६ हजार ८ सय ५४ बराबरको शेयर कारोबार भयो ।  यस्तै शिवम् सिमेन्ट रु ६ करोड ३ लाख ५ हजार २ सय ६३, एनआइसी एशिया बैंक रु ४ करोड ३७ लाख २९ हजार ६ सय ४९, नबिल बैंक रु ३ करोड ८५ लाख ६१ हजार ४ सय ९४, नेपाल पुनरबीमा कम्पनी रु २ करोड ५१ लाख ६९ हजार ३ सय बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ४.२९, यसनिक नेपाल लघुवित्त ४.० २, बोटलर्स नेपाल तराई ३.९१, लक्ष्मी उन्नती कोष ३.७८, सामलिङ पावर कम्पनीको शेयर मूल्य ३.६४ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त ५.८०, नाडेप लघुवित्त ५.७४,सिटिजन म्युचुअल फण्ड ५.६३ र सनराइज ब्ल्यूचिप फण्डको मूल्य पाँच प्रतिशतले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै