राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र – Sahayogi Man Nepal

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

   February 28, 2023  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भोट मागेका छन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै