सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम – Sahayogi Man Nepal

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

उक्त रेकर्डलाई पनि पार गर्दै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै