बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी – Sahayogi Man Nepal

बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँग माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ । नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनस् नागरिकता लिएका छन् । नागरिकता लिएलगत्तै पुनस् पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए ।

प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन् । उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै