एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल – Sahayogi Man Nepal

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

   December 29, 2022  

नेकपा (एमाले) को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए ।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै