कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी
कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए ।
कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।
